को बन्ला माओवादी केन्द्रको महासचिव ? दौडमा थपिए शक्ति

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट छनोट भएका केन्द्रीय सदस्यले आज पदाधिकारी चयन गर्दैछन् । माओवादीको आठौँ महाधिवेशन आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेर सकिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्ताव अनुमोदन गरिएको हो । प्रचण्डले खुल्लातर्फ १३२ र समानुपातिकतर्फ १२५ जनाको नाम पेश गरेका थिए । उक्त नाम महाधिवेशन प्रतिनिधिहरूले पारित गरेका थिए । अब पदाधिकारी चयन गर्न बाँकी छ ।

अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय सदस्य कृष्णबहादुर महराले जानकारी दिए । महाधिवेशनले पदाधिकारी चयन गरेको थिएन । पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिइएको थियो । पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् ।

महासचिवमा चार जनाको दाबी
अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा चार जनाको दाबी छ । यसअघि वर्षमान पुन, जर्नादन शर्मा र पम्फा भुसाल मुख्य दाबेदार बनेर प्रस्तुत भइरहेका थिए भने अब शक्ति बस्नेत पनि प्रतिस्पर्धामा थपिएका छन् ।

शर्माको सम्भावना बलियो रहेको बुझिएपनि उनी अर्थमन्त्री रहेकाले अन्य तीन जनामध्ये एक जनालाई महासचिव बनाउने सम्भावना पनि नकार्न सकिँदैन । यो अवस्थामा पुन, शर्मा र भुसालले एक अर्कालाई महासचिवमा स्विकार्ने सम्भावना कमजोर भएको हुँदै जाँदा बस्नेतले दाबी प्रस्तुत गरेका हुन् । स्रोतकाअनुसार पुन, शर्मा र भुसाल टसमस नभएपछि प्रचण्डले चौथो विकल्पतिर हेर्न थालेको बुझिएको छ ।

त्यसो हुँदा प्रचण्डले पुन, शर्मा र भुसाललाई उपाध्यक्षमा लगेर शक्ति बस्नेतलाई महासचिव बनाउने सक्छन् । तीनैजना नेताले आफ्नै गुट बनाउन थालेको भेउ पाएर प्रचण्ड सतर्क बनेका छन् । स्रोतकाअनु्सासर उनले बस्नेतलाई बढी विश्वास गर्छन् । माओवादीको ११ पुसमा शुरू भएको महाधिवेशन २३६ केन्द्रीय सदस्य चयन गर्दै १८ पुसमा सम्पन्न भएको छ ।

यो पनि : को बन्ला माओवादी केन्द्रको केन्द्रीय महासचिव ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *