म्याद नाघेका कस्मेटिक्स सामानले निम्त्याउने जोखिम 

श्रृङ्गारका म्याद नाघेका सामग्री प्रयोग गर्दा पनि हानी नहुने भन्ने गलत अवधारणा रहेको पाइन्छ । तर सधैँभरी म्याद नाघेका सामानले हानी गर्दैन भनेर सोच्नु हुँदैन । यस्ता म्याद नाघेका श्रृङ्गारका सामग्रीले छालाका छिद्र बन्द हुने र ब्याक्टेरियाको वृद्धिमा मद्दत पुर्‍याउने खतरा रहन्छ । त्यसैले यस्ता स्वास्थ्य समस्या आउन नदिन आफ्ना श्रृङ्गारका सामग्री कती समयसम्म स्टोर गरेर राख्ने भनेर बुद्धि पुर्‍याउनुपर्ने हुन्छ । त्यति मात्र होइन सकेसम्म श्रृङ्गारका म्याद नाघेका सामग्रीबाट टाढै बस्नुपर्छ ।

यदि श्रृङ्गारका कुनै सामग्रीको मिति नाघेको छ भने त्यसले छालामा नकारात्मक प्रतिक्रिया देखाउन सुरु हुन्छ । जसले गर्दा छाला रातो हुने, चिलाउने, चिडचिडाहट हुने आदि हुन्छ । यदि श्रृङ्गारका सामग्री छालामा सेट गर्ने कन्टेनर र ब्रस पुरानो भयो भने त्यसले एकदम तीव्र गतिमा छालामा ब्याक्टेरिया फैलिन्छ र अरू इन्फेक्सन हुने समेत जोखिम बढाउँछ । छालामा ढुसी (मोल्ड) को समस्या पनि मिति नाघेका कस्मेटिक्सले गर्दा हुने गर्छ ।

मिति नाघेको शृङ्गारको सामानले बस्तुको रङ नै परिवर्तन गर्छ । यो फाउण्डेसनको केसमा बढी लागु हुन्छ । यदि आफ्नो छालामा सुहाउने मिल्ने रङको फाउण्डेशन छ भने पनि खरिद गरेको केही समयपछि त्यसले मिति नाघ्छ र अर्कै रङ दिन थाल्छ ।  किनभने मिति नाघेपछि त्यो बस्तु अक्सिडाइज हुँदै जान्छ । अक्सिडेसनले रङ परिवर्तन गर्न भूमिका खेल्ने गर्छ ।  हामीले सुँघेर पनि शृङ्गारको सामानको मिति नाघेको छ वा छैन थाहा पाउन सकिन्छ ।  यो विधि पनि फाउण्डेशन र मस्कारामा प्रयोग गर्दा थाहा हुन्छ । किनेको समयको भन्दा अर्कै र अनौठो गन्ध दिन थालेको छ भने त्यो बस्तुको मिति नाघेको हुन्छ । यस्ता बस्तु प्रयोगबाट फालिहाल्नुपर्छ ।

यदि फाउण्डेसनको तह तह छुट्टिन थालेको छ र मस्कारा सुक्खा हुन थालेको छ भने अब त्यसको प्रयोगबारे सोच्नुपर्ने हुन्छ । यदि मस्कारा सुक्खा भयो यसलाई पानी हालेर चलाउँछु भनेर सोच्नु हुँदैन । यसले बस्तुमा ब्याक्टेरिया बढाउँछ । सामान्यतया श्रृङ्गारका सामग्री उत्पादनको मितिले एक वर्ष मात्रै प्रयोग गर्नुपर्छ ।

हेरेकै भरमा उत्पादनको मिति नाघेको पत्ता लगाउन सजिलो त छैन तर तल यस्ता गाइडलाइन दिइएको हुन्छ जसले सामानको मिति नाघेको छ अथवा छैन भनी पत्ता लगाउन सहयोग गर्छ । जस्तै :-

  • मस्कारा र तरल आईलाइनर उत्पादनको मितिले ३ महिनासम्म मात्र प्रयोग गर्नु राम्रो हुन्छ । तरलयुक्त उत्पादन लामो समय प्रयोग गर्दा यसले छिटो ब्याक्टेरिया फैलाउने कामगर्छ ।
  • पेन्सिल आइलाइनर, जेल आइलाइनर, लिपलाइनर एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
  • वाटरबेस फाउण्डेसन एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । तर आयलबेस फाउण्डेसन १८ महिनासम्म पनि प्रयोग गर्न सकिन्छ ।
  • क्रिम बेस फाउण्डेसनर ब्लस प्रत्येक ६ महिनामा परिवर्तन गर्नुपर्छ ।
  • पाउडर प्रोडक्ट राम्रोसँग स्टोर गरेमा मोइस्चराजरबाट टाढा राखेमा २ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
  • लिपस्टिक धेरै राम्रो भए २ वर्षसम्म प्रयोग गर्न सकिन्छ तर लिपग्लस भने ६ महिनादेखि एक वर्षमा परिवर्तन गर्नुपर्छ । श्रृङ्गारका सामान लगाउँदा इन्फेक्सन हुन र ब्याक्टेरिया फैलनबाट बच्नको लागि मेकअप लगाउने ब्रस सफा हुनुपर्छ । प्रत्येक हप्ता ब्रस सफा गर्नुपर्छ, धुनुपर्छ ।

यदि माथिका सामान्य गाइडलाइन पछ्याएमा मिति नाघेका श्रृङ्गारका सामानले पुर्‍याउने हानिबाट बच्न सकिन्छ ।

मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *