मल आयातमा १ अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा १० जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । केन्द्रले आयात गरेको डीएपी रासायनिक मल गुणस्तरहीन रहेको र उक्त मल खरिदमा १ अर्ब रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा कम्पनीले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाल सरकारले तोकेको गुणस्तरको मल आयात नगरेको, सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफक सर्भिस प्रालिलाई गुणस्रत प्रतिवेदन तयार पार्न लगाई मल आयोग गरेको आरो अख्तियारको छ । उक्त अवैध कम्पनीले तयार पारेको गुणस्तरलाई आधार बनाएर भन्सार नाका र कृषि सामग्री कम्पनी लिमिटेडमा पेश गरेर आपूर्तिकर्तालाई ९० प्रतिशत भुक्तानी दिएको पनि अख्तियारको आरोप छ ।

अख्तियारले केन्द्रका प्रबन्ध सञ्चालका नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पष्करदीप बुढासहित १० जनाविरुद्ध मेदा दायर गरेको हो ।

उनीहरुले कृषि सामग्री कम्पनीलाई हानि नोक्सानी पुर्‍याएको र आफूलाई लाभ हुने कार्य गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीहरुसँग १ अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रतिवेदत तयार पार्ने कम्पनीका प्रबन्ध निर्देशक सलिल देवकोटा, उक्त कम्पनीका ल्याव निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी र कम्पनी र प्रयोगशालाबीच सम्झौता गर्ने मनोज आचार्य र आपूर्तिकर्ता कम्पनी जोशी बिज हाउसका विनित जोशीलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको जनाएको छ ।



 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *