पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस २७ गते अर्थात पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डलले प्रधान मन्त्री शेरबहादुर देउवालाई आइतबार ज्ञापन पत्र बुझाउँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन र त्यो दिन राष्ट्रिय पर्वको रूपमा मनाउन माग गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *