सेयर बजारमा ६० अंकको वृद्धि, सबा ४ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से)मा भारी वृद्धि भएको छ ।

अघिल्लो साता घट्दो क्रममा रहेको सेयर बजार यो साताको सुरु दिनमा भने भारी अंकले बढेको हो । यस दिन नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४ं९१ बिन्दुमा पुगेको हो । यस दिन २४० कम्पनीका ७१ लाख ६० हजार कित्ता सेयर ४ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ । यस दिनको बजारमा १६८ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ ओटा कम्पनीको सेयर मूल्इ घटेको छ ।

यस दिन हिमाल डिस्टिलरी, मध्ये भोटेकोसी, सुर्या लाइफ, कर्पोरेट डेभलपमेन्ट बैंक जस्ता कम्पनीको सेयरमूल्य सबैभन्दा बढीले बढेको छ ।

यस दिन सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको सेयर किनबेच भएको छ । त्यस्तै, नविल बैंक, शिवम् सिमेन्ट, अपि हाइडङ लगायका कम्पनीको सेयरमा पनि आकर्षण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *