पाल्पा बस दुर्घटना अपडेट

मृतक ७ जनाकाे सनाखत हुन सकेन, १३ जनाको उपचार हुँदै

पाल्पा । पाल्पामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका सातजनाको अझै सनाखत हुन सकेको छैन । शव संकलन गरी जिल्ला अस्पतालमा पोष्टमर्टमका लागि ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनाको तानसेनस्थित यूनाइटेड मिशन अस्पतालमा उपचार भइरहेकाे छ । रुपन्देहीबाट शवको अन्त्येष्टिका लागी मलामिसहित रिडिधामका लागी छुटेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना हुँदा सातजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

बसमा ३५ बढी मलामी रहेको अनुमान गरिएपनि कतिजना थिए भन्ने अझै खुलिनसकेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *