‘लाखे’ मा रोहित अनुबन्धित

काठमाडौँ । सम्राट बस्नेतको निर्देशन रहने चलचित्र ‘लाखे’ मा रोहित रुम्बा जोडिएका छन् । रोहितसँगै निर्माण युनिटले कलाकारका रूपमा सञ्जय थापा र सन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।

चलचित्रका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, वर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर विष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बाल कलाकार सिस्टम भण्डारी छानिएका थिए ।

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । चलचित्र २६ पुसबाट छायाङ्कनका लागि फ्लोरमा निस्किँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *