आमा बन्दै काजल अग्रवाल

काठमाडाैँ । अभिनेत्री काजल अग्रवालको विषयमा चलेको हल्ला सत्य साबित भएको छ । सिंघम अभिनेत्री काजल अग्रवाल पहिलो पटक आमा बन्न लागेकी छन् । उनका श्रीमान् गौतम किचलुले तस्बिर सहित खुसीको खबर सेयर गरेका छन् ।

नयाँ वर्षको पूर्व सन्ध्यामा काजल अग्रवालको तस्बिर सेयर गर्दै गौतमले लेखेका छन्, ‘२०२२ तर्फ हेर्दै ।’ यस क्याप्सनका साथ गौतमले गर्भवती महिलाको इमोजी पनि सेयर गरेका छन् । पोस्ट सार्वजनिक भए लगत्तै यो जोडीलाई बधाईको ओइरो लागेको छ ।

काजल अग्रवालले पनि नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै बेबी बम्प सहितको तस्बिर राखेकी छन् ।
काजल र गौतम हाल दुबईमा नयाँ वर्ष मनाउँदै छन् । काजल अग्रवालले अक्टोबर २०२० मा गौतम किचलुसँग विवाह गरेकी थिइन् । विवाहमा यी दुईका केही नजिकका आफन्त र साथीभाइको मात्रै उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *