अनिश्चित कालका लागि रोकियो ‘आरआरआर’

 काठमाडाैँ ।  भारतमा कोरोना सङ्क्रमण बढे सँगै दिल्ली सरकारले सिनेमा हलहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । यसको प्रभाव स्वरूप दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । यो चलचित्र आगामी शुक्रबारदेखि रिलिज हुने तयारीमा थियो । आगामी मिति घोषणा नगरी टिमले चलचित्र प्रदर्शन रोकेको छ ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा जुनियर एनटीआर, राम चरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको प्रचारका लागि यसको निर्माण पक्षले ठुलो धनराशि खर्च गरिसकेको थियो । यस्तै, चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *