पुष १८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. पुष १८, २०७८ । ई.सं. २ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन, हेमन्त । आइतबार पौष कृष्णपक्ष । तिथि- औंसी, २४:२६ बजे उप्रान्त प्रतिपदा । नक्षत्र- मूल, १६:४७ बजे उप्रान्त पूर्वाषाढा । योग- वृद्धि, १०:०९ बजे उप्रान्त ध्रुव । करण- चतुष्पद १३:३५ बजेदेखि नाग, २४:२६ बजे उप्रान्त वालव । चन्द्रराशि धनु । आनन्दादि योग सिद्धि । दिनमान२५।५६ ।सूर्योदय ६:५७ । सूर्यास्त १७:१९ । दर्शश्राद्ध, स्नानदान औंशी, गयामौनी/पौषी औंशी, वेत्रावती,विष्णुपादुका, वराहक्षेत्र गोकर्णश्राद्ध, निशि बार्ने, हलो बार्ने औंशी ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मान सम्मान पाइनसक्छ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *