नेपाली टोपी दिवस मनाइँदै

काठमाडाैँ । नेपालमा आज टोपी दिवस मनाइँदै छ । पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनलाई नेपालमा टोपी दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालीको मौलिकतासँग जोडिएको टोपीको प्रवर्द्धन गर्ने उद्देश्यसहित केही वर्षदेखि स्वतःस्फूर्त रूपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाइन्छ । आज अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन हो ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि यो दिवस मनाउँछन् । विषेशगरी भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

टोपी दिवसका दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमकोसमेत आयोजना गर्ने गरेका छन् । पछिल्लो समय जागरूक युवा अभियान नेपालले टोपी दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *