चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ । चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र दिन्श पाल्पालीले निर्देशन गरेका हुन् ।

चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ, सृष्टि श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।  कङ्गारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेश बाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

निर्माणमा भने  तिमल्सिनालाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको संगीत अजर जङ्गमले गरेका छन् । चलचित्र काठमाडौँमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *