पर्यटकीय क्षेत्र भेडेटारमा खाना महोत्सव सुरु

धनकुटा । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीनदिने खाना महोत्सव सुरु भएको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले एक समारोहका बीच महोत्सवको उद्घाटन गरे । खाना महोत्वस उद्घाटन समारोहमा राई जातिको साकेला, लिम्बू जातिको केलुङ र याम्फू जातिको गेलाङ, मगर समुदायले हुर्रा नाच प्रदर्शन गरिएको थियो ।

कोरोना महामारीका कारण सुस्ताएको पर्यटकीय स्थल भेडेटारको होटल व्यवसाय उकास्न योगदान पुर्याउने लक्ष्यका साथ खाना महोत्सव आयोजना गरिएको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

महोत्सवमा दुई दर्जनभन्दा बढी स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

महोत्सवको लागि भेडेटार बजार क्षेत्र चिटिक्क बनाइएको छ । तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउने संँगै हेलिटुर, प्याराग्याइडिङ, माउण्टेन वाइक र भिन्नभिन्न टुर प्याकेजहरुमा ५ देखि ३० प्रतिशत सम्म छुट र आन्तरीक र बाह्यि पर्यटकहरुलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *