भेरी अस्पतालको क्वाटरमा बेहोस भेटिएका तीनै जनाको होस खुल्यो

सुर्खेत । गत बुधबार राति कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गतको खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) नेपालगञ्जमा कार्यरत धनप्रसाद भट्टराईसहित उनको परिवारका चार जनाको निसासिएर मृत्यु भयो ।

धनप्रसाद कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा कार्यालयको खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) नेपालगञ्जमा कार्यलय सहयोगीको रूपमा कार्यरत थिए । त्यस मेडिकल स्टोरमा क्वाटरको सुविधा नहुँदा नजिकै रहेको भेरी अस्पतालको क्वाटरमा बस्दै आएका थिए ।

धनप्रसादको दोस्रो सन्तानका रूपमा जन्मिएका तीन महिनाका छोरा इप्सन भट्टराईलाई तेल लगाएर सेक्नका लागि गत बुधबार राती टिनको बाकसमा कोइला बालिएको थियो । प्रहरीका अनुसार उक्त दिन देशैभरि बदलिएको मौसमका कारण एकदमै चिसो बढेको थियो ।

तीन महिनाको बच्चालाई सेकाउनको लागि कोइला बालिएको थियो । भने उक्त कोठामा भएका झ्याल र ढोका बन्द थिए । तर, आगो तापिसकेपछि उक्त कोइला ननिभाउँदा धुवाँले कोठा भरिन पुगी निसास्सिएर धनप्रसादसँगै उनको तीन महिनाका छोरा इप्सन, ४५ वर्षीया आमा कोकिला र २७ वर्षीया दिदी नन्दकली भट्टराई रहेको मृत्यु भएको हो ।

कालिकोटको खाडाचक्र नगरपालिका–६ पिली घर भएका धनप्रसाद परिवारसँग अस्पतालको आवास गृहमा बस्दै आएका थिए । बिहीबार बिहान मात्रै धनप्रसाद अबेरसम्म पनि नउठ्दा अस्पतालका अन्य कर्मचारीले उनलाई उठाउन जाँदा उनीसँगै चार जना मृत र तीन जना बेहोस अवस्थामा भेटिएका थिए ।

धनप्रसादकी श्रीमती सुशीला भट्टराई सुत्केरी भएको हुँदा उनको आमा कोकिला र दिदी नन्दकली स्याहारसुसारको लागि धनप्रसादसँगै थिए । धनप्रसादका दाई पूर्णप्रसाद भट्टराईका अनुसार मृतक चारै जनाको पोस्टमार्टम भइसकेको र आज अन्त्येष्टिको लागि तयारी भइरहेको छ ।

यस्तै बेहोस अवस्था रहेका तीन जनामध्ये धनप्रसादकी श्रीमती सुशीलाको अस्पतालको भेन्टिलेटरमा राख्दा दुई घण्टा भित्र होस् खुलेको र तीन वर्षीय छोरा विवशको बिहीबार दिउँसो चार बजे होस् खुलेको थियो । गम्भीर अवस्थामा रहेका धनप्रसादका १८ वर्षीय भाइ नरेन्द्र भट्टराईको आज बिहान साढे ११ बजे मात्रै होस खुलेको पूर्णप्रसादले  बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *