फ्राइडे रिलिज : हलमा नेपाली फिल्म ‘कठपुतली’

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज नेपाली चलचित्र ‘कठपुतली’ प्रदर्शनमा आएको छ । हरर जनरामा निर्माण भएको चलचित्रलाई प्रिमियरमा पुगेका चलचित्रकर्मीले राम्रो बनेको भनेर प्रशंसा गरेका थिए । विदेशी छायाँकारले खिचेको चलचित्रको छायांकन पक्षको समेत प्रशंसा भएको थियो ।

हलमा यो चलचित्रसँगै अघिल्लो हप्ताबाट नै प्रदर्शनमा आएका चलचित्र पुष्पा र ‘स्पाइडर म्यान : नो वे होम’ले पनि राम्रो शो पाइरहेका छन् । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

भीमसेन लामाको निर्देशन रहेको चलचित्रका निर्माता पृथ्वी राना मगर हुन् । चलचित्रको सम्पदा मल्लले कथा लेखेकी हुन् । चलचित्र अस्ट्रेलियन छायाँकार जोएल फ्रूमले खिचेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *