कारबाहीमा परेका खेलाडीसमेत समेटेर ३० सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघले टि-ट्वेण्टी विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । संघले कारबाही गरेका चार खेलाडीसहित प्रारम्भिक टिम घोषणा गरेको हो ।

उनीहरू ओमानमा हुने टि-ट्वेण्टी विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । सन्दीप लामिछाने कप्तान रहेको टोलीको उपकप्तान कसैलाई तोकिएको छैन । नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दसानायिकेसँगको परामर्शमा क्यानको छनोट समितिले बन्द प्रशिक्षणका लागि टिम छनोट गरेको हो । बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुनेछ ।

छनोटमा परेका ३० खेलाडीहरू-
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *