कपनमा मोटरहेडको आधिकारिक मर्मत केन्द्र

काठमाडौँ । मोटर हेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टेड्र प्रालिले बुढानीलकण्ठ नगरपालिकाको कपन बिमा समिति चोकमा आधिकारिक मर्मत केन्द्र विस्तार गरेको छ ।

एक समारोह बिच वडा अध्यक्ष शुद्ध डंगोलले मर्मत केन्द्रको उद्घाटन गरेका हुन। कम्पनीले सो मर्मत केन्द्र २० वर्ष देखि यसै क्षेत्रमा आबद्ध दीपक मोटरसाइकल वर्कसपका प्रोप्राइटर दीपक चौधरीलाई आधिकारिकता प्रदान गरेको जनाएको छ ।

कम्पनीले आज देखि आधिकारिक मर्मत केन्द्रको उद्घाटन गरी आज र भोलि २ दिन एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

जसमा नगद खरिदमा १० हजार छुट, फाइनान्समा रु.७ हजार छुट र एक्सचेन्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार पाउने सुविधा रहेको जनाएको छ ।

यसका साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा र जुनसुकै ब्रान्डका बाइक ल्याउँदा फ्री–वासको व्यवस्था समेत गरिएको कम्पनीको भनाई छ ।कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरूलाई आकर्षक गिफ्टको पनि व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *