गोकर्णेश्वरमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ । गोकर्णेश्वरमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अल नेपाल युवा क्लब, काठमाडाैँ गाेकर्णेश्वर-४ को आयोजनामा हुने प्रतियोगिता आगामी माघ १७ गतेदेखि १९ गतेसम्म आरुबारीमा सम्पन्न हुने छ ।

आयोजककाअनुसार अन्तर्राष्ट्रिय भलिबल ‘फीभ्ब’ को नियमानुसार टीटी सिस्टममा खेलाइने खेलको लागि टीम दर्ता शुल्क ६ हजार रुपैँया लाग्नेछ । माघ १७ गते बिहान १० बजेसम्म टीम दर्ता गराइसक्नुपर्ने र टीममा एकजनाभन्दा बढी राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टीमले क्रमशः १ लाख, ५० र २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित खेलाडीले पनि ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, डिफेन्डर, लिफ्टर, ब्लकरले पनि ट्रफी, मेडल र प्रमाणपत्र नै प्राप्त गर्ने छन् ।

आयोजककाअनुसार सहयोग गर्ने संस्था वा व्यक्तिहरूको नाम सहयाेग राशीअनुसार प्रयोजक वा सह–प्रायोजकका रूपमा सूचीकृत गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *