यू-१९ एसियाकप : कुवेतसँग पनि नेपाल पराजित

काठमाडौँ । एसीया कप क्रिकेट यू-१९ एसियाकपमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको छ । कुवेतसँग पराजित भएसँगै नेपाल एसियाकपमा जितविहीन बनेको छ । कुवेतका लागि मिट भावसरले १७५ रनको सानदार इनिङ खेल्दै कुवेतलाई जित दिलाए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा अलआउट हुँदै २ सय ३९ रनको स्कोर तयार गरेको थियो । नेपालका लागि विवेक मगरले ५० रन बनाउँदा बसिर अहमद्धले ५६ रनको इनिङ खेलेका थिए । त्यस्तै मोहमद्ध अदिल अलामले ४९ रन बनाउँदा नेपाल सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । कुवेतका लागि मिर्जा अहमद्ध, अब्दुल सादिकले समान ३-३ विकेट लिँदा हेनरी थोमस र मोहमद्ध बास्ताकीले २-२ विकेट लिएका थिए ।

२४० रनको विजयी लक्ष्य पछ्याएको कुवेत ओपनर मितको शानदार इनिङमा विजयी भयो । १४९ बल खेलेका मितले २४ चौका र १ छक्काको सहयोगमा १७५ रनको शानदार इनिङ खेले । उनी बाहेक अर्को ओपनर जदे सलमनाले २५ रन बनाएका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाएनन् । तर‚ नेपालले २५ रन अतिरिक्त रनका रुपमा दिएको थियो ।

नेपालका गुल्सन झाले ३ विकेट लिए भने सेर मल्ल, बसिर अहमद र विवेक यादवले समान २-२ विकेट लिएका थिए । कुवेतसँग यू-१९ उमेर समूहमा यो पहिलो हार हो । यसअघि भएका ४ भेटमा नेपाल विजयी रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *