माग पूरा नभए आन्दोलन गर्ने राउतको चेतावनी
२०७८ पुस १३ गते

तस्बिरः फाइल
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले केपी शर्मा ओलीको नेतृत्वको सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तत्कालीन सरकारसँग आफूले राखेका १२ बुँदे माग पूरा नभए निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन हुन नदिने भन्दै एकतर्फी निर्वाचन गराउन खोजे निर्वाचनको कार्यतालिका नै प्रभावित हुनेगरी आन्दोलन गर्ने राउतले बताए ।
राउतले तत्कालीन ओली नेतृत्वको सरकारसँग १२ बुँदे माग राखेको थियो ।
राउत पक्षले सरकारसँग मधेस आन्दोलनको क्रममा सहिद भएका परिवारमध्ये एक जनाले स्थायी जागिर पाउनुपर्ने‚ स्वराज आन्दोलनको क्रममा भएको ११ बुँदे सम्झौता लागू हुनुपर्ने, घाइते आन्दोलनकारीलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
२०७८ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








