जानकी मेडिकल कलेजमा विद्यार्थी अभिमुखीकरण सम्पन्न

काठमाडौँ । प्रदेश २ राजधानी जनकपुरमा सञ्चालित जानकी मेडिकल कलेजमा विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जानकी मेडिकल कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीबीच प्रविधि र संकायसम्बन्धी ज्ञान आदान–प्रदान भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयमा ल्याउन सकिने नयाँ कार्यक्रमबारे चर्चा गरे । त्यसबाहेक, डा. रामप्रसाद उप्रेतीले लेखेका प्राथमिक उपचारसम्बन्धी किताब पनि उक्त कार्यक्रममा राजदूत हनन गोर्डरको हातबाट विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीको हौसला बढाउन राजदूत गोल्डबर्गरका अलावा सीडीओ बन्धुप्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक डा. रामप्रसाद उप्रेतीसमेत उपस्थिति थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *