‘चुरीफुरी’ को गीत सार्वजनिक

काठमाडौँ । यही शुक्रवारदेखि प्रदर्शनमा आएको ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘निस्ठुरीले छाडि…’ बोलको गीतमा विश्व नेपालीको पार्श्व गायन छ । गीतमा अभिषेक श्रेष्ठ तथा पूजा पन्तलाई फिचर गरिएको छ । गीतमा दीपक शर्मा र ऋषिराज आचार्यको शब्द तथा दीपक शर्माको संगीत निर्देशन रहेको छ भने भीम फेदी ग्रुपले कोरियोग्राफी गरेका छन् ।

यो चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य आदि कलाकारले अभिनय गरेका छन् । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको चलचित्रमा ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *