२६४ संक्रमित थपिए, २६० जना कोरोनामुक्त

काठमाडौँ । नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ३६ पीसीआर परीक्षणका क्रममा २ सय ४१ जना र ४ हजार ३० एन्टीजेन परीक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा ८ लाख ११ हजार २ सय ६५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार ९ सय १० सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *