माओवादीको महाधिवेशन थप दुई दिन लम्बिने (भिडिओ)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशन थप दुई दिन लम्बिने भएको छ ।

राष्ट्रिय सम्मेलन भनी सुरु भनिएको तर पछि व्यवस्थापकीय पक्षलाई मध्यनजर गर्दै दुई दिन थप गरिएको माओवादी नेता देवेन्द्र पौडेलले बताए ।

‘व्यवस्थापकीय हिसाबले हामीले राष्ट्रिय सम्मेलन भनेर सुरु गरेका थियौँ । दुई दिन लम्बिने भयो । दुई दिन लम्बिने भएकाले व्यवस्थापनका विषयमा सम्बन्धित ठाउँमा कुरा गरेर कार्यक्रमलाई विस्तार गर्ने निर्णय भएको छ‚’ नेता पौडेलले बताए ।

त्यस्तै स्थायी समितिको सुझावलाई ध्यान दिँदै मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले चौथो दिनको बन्द सत्र दिउँसो एक बजेदेखि सुरु गर्ने निर्यणसमेत गरेको छ ।

आइतबारदेखि सुरु भएको महाधिवेशनको आज तेस्रो दिन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *