यू-१९ एसिया कप : नेपालद्वारा कुवेतलाई २४० रनको लक्ष्य

काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटमा नेपालले कुवेतसामु २४० रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ४३औँ ओभरमा २३९ रनमा अलआउट हुँदै कुवेतलाई २४० रनको लक्ष्य दिएको हो ।

नेपालका लागि बसिर अहमदले ५६, विवेक रानामगरले ५० र अदिल आलमको ४९ रन बनाए । यसअघि श्रीलंका र बंगलादेशसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट भने बाहिरिइसकेको छ ।

आजको खेलमा नेपाल सान्त्वना जितको खोजीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *