थप २७१ जनामा कोरोना संक्रमण‚ २२५ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा सोमबार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार १ सय ५७ पीसीआर परीक्षणका क्रममा २ सय ५१ जना र १ हजार ७ सय २९ एन्टीजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ६ सय ७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ५ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३१ सक्रिय संक्रमित आइसोलेसन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *