सकियो ‘योद्धा’को छायाङ्कन

काठमाडौँ । अभिनेता सिद्धार्थ मलहोत्रा ​​र दिशा पटानीको आफ्नो आगामी चलचित्र ‘योद्धा’को छायाङ्कन सकिएको छ । हालै दिशा पटानीले चलचित्रको सेटबाट २ तस्बिर सेयर गरेकी छन्‚ जसमा उनी सिद्धार्थ, निर्देशक र अन्य टिमसँग देखिएकी छन् ।

तस्बिर सेयर गर्दै दिशाले लेखेकी छन्, ‘यस्तो अद्भुत अनुभवका लागि टिमलाई धन्यवाद ।’ चलचित्र सागर अम्बरे र पुष्कर ओझाले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा पाकिस्तानविरुद्ध भारतको सबैभन्दा साहसी मिसनको कथा देखाइनेछ । सिद्धार्थ-दिशाका अलावा राशि खन्ना पनि चलचित्रको मुख्य भूमिकामा छिन् । चलचित्र आगामी ११ नोभेम्बरमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *