युट्युबमार्फत अश्लीलता फैलाएको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ । युट्युबमार्फत अश्लील शीर्षक राखी भिडिओ अपलोड गरेर अश्लीलता फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार बागलुङ निसिखोला-१ का हाल काठमाडौँस्थित अनामनगर बस्दै आएका ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।

आरोपित मल्ललाई जिल्ला अदालत काठमाडौँको अनुमति लिएर पक्राउ गरी हिरासतमा राखिएको साइबर ब्यूरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले बताएका छन् ।

मल्लले प्र्याङ्क गरेको भन्दै विवादित भिडिओ युट्युबमा हाल्ने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *