अपराजित रहँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा कीर्गिस्थनलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल अपराजित रहेको हो । यसअघि नेपाल एक खेलअघि नै फाइनल पुगिसकेको थियो ।

बंगलादेशको ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा सोमबार भएको खेलमा नेपालले २५-८, २५-१४, २५-१७ को जित हात पार्‍यो ।

उपाधिका लागि नेपालले मंगलबार उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *