विपद् जाेखिम व्यवस्थापनमा तीन तहकाे समन्वय अभाव

विराटनगर । विपद् व्यवस्थापन तथा न्यूनीकरणमा तीन तहकाे बिचमा समन्वय नहुँदा राहत उद्धार र पुनःस्थापनामा समस्या भएकाे अधिकारीहरूले बताएका छन् ।

उनले संघ‚ प्रदेश र स्थानीय तहका बिच कार्यदल बनाएर समन्वयमा काम हुनुपर्ने बताएका हुन् । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयाेजना गरेकाे प्रदेश १ स्तरीय २०७८ मनसुन विपद् प्रतिकार्य समीक्षा तथा परामर्श कार्यक्रममा बाेल्दै नीतिमा भएकाे व्यवस्था कार्यान्वयनमा नै तीन तहका बिचमा समन्वय नभएको बताएका हुन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् जाेखिम न्यूनीकरणका लागि सबै मिलेर लाग्नुपर्ने बताए । उनले प्रदेशमा विपद् जाेखिमकाे नक्साङ्कन गरिने बताए ।

प्राधिकरणका उपसचिव डा डिजन भट्टराईले मनसुनजन्य घटना २०७८ काे प्रतिबिम्ब घटना र संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य क्षेत्रकाे बारेमा जानकारी दिँदै स्थानीय तहलाई विपद्पछिकाे पुनःनिर्माणमा लगाउनुपर्ने बताए ।

कानुन निर्माणले विपद्काे घटनामा कमी हुने भएपनि कार्यान्वयनमा समन्वय हुनुपर्ने उनले जानकारी दिए । एकीकृत सूचना प्रणालीकाे विकास गर्दै एकीकृत सूचना पाेर्टल बनाउन उनले आग्रह गरे । सबैले आ-आफ्नाे डाटा ल्याउन नहुने बताए ।

सस्ताे लाेकप्रियताका लागि रकम बाँड्ने काम प्रदेश र स्थानीय तहबाट हुने गरेकाले एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने उनकाे भनाइ छ । एउटा एप्स बनाइएकाे छ, त्यस एप्समा ईन्ट्री भएपछि त्यसकाे आधारमा स्थानीय तहले सिफारिस गर्ने, त्यसकाे आधारमा जिल्ला विपद् व्यवस्थापनले त्यही एप्सबाट प्रमाणित गर्न सकिने र त्यही विवरण प्राधिकरणमा जाने भएकाले दायित्वअनुसारकाे एकद्वार रकम वितरण प्रक्रिया अघि बढाउनुपर्नेमा जाेड दिइएकाे छ ।

विश्व स्वास्थ संगठन प्रदेश १ का टिम लिडर डा सागर पाैडेलले काेभिडकाे विपद्‌मा अस्पतालहरूकाे बिचमा समन्वय नदेखिएको उल्लेख गरे ।

प्रदेश १ मा डुबान, बाढी, पहिराे, हिमताल फुट्ने सम्भावना रहेकाे छ । २७ सय जनाले विपद् व्यवस्थापन तालिम लिएका छन् । सशस्त्र प्रहरीसँग प्रदेश १ बाहिनीमा ५० जनाकाे विपद् व्यवस्थापनसम्बन्धी टिम रहेकाे छ भने प्रदेश १ मा १५९ जना सशस्त्र प्रहरी सक्रिय रहेकाे सशस्त्र प्रहरी १ नम्बर बाहिनीका डिएसपी विरेन्द्र खनालले जानकारी दिए ।

विपद्काे जाेखिम घटाउने हाे भने सचेतना अभियान सञ्चालन गर्ने हाे भने उद्दारमा सहज हुने उल्लेख गरे ।

प्रदेश विपद् व्यवस्थापन शाखाका अधिकृत हितेश बस्नेतले प्रदेश १ मा कार्तिक महिनामा मात्र १३ अर्बकाे क्षति भएको बताए । उनले त्सपछि साउनमा १० कराेडकाे क्षति भएकाे जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *