‘कठपुतली’को तर्साउने ट्रेलर (भिडिओ)

काठमाडौँ। हरर चलचित्र ‘कठपुतली’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरू नभएको टिप्पणी भएकोमा दोस्रो ट्रेलरमा तर्साउने दृश्यहरू समावेश छन् । २ मिनेट ९ सेकेन्डको ट्रेलरमा कर्माको अभिनय ब्याक ग्राउन्ड स्कोर उत्कृष्ट छ ।

भीमसेन लामा निर्देशित चलचित्रमा कर्मा सँगै गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने लेखन सम्पदा मल्लको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *