गठबन्धन चुनावपछि पनि जाओस् भन्ने चाहना छ : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन कसैको विरुद्धमा नभएको बताएका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनको सफलताको शुभकामना दिँदै प्रधान मन्त्री देउवाले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि गठन भएको भन्दै यो गठबन्धन तत्काल नटुट्ने दाबी गरे ।

उनले आफूले त चुनावपछि पनि गठबन्धन कायम होस् भन्ने चाहिरहेको पनि बताए । उनले शान्ति प्रक्रियाका बाँकी रहेका विषय पनि अब छिट्टै सम्पन्न गर्ने बताए ।

बेपत्ता खोजबिन आयोग तथा सत्य निरुपण आयोग गठन गरेर शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गर्ने प्रधान मन्त्री देउवाले बताए । प्रधान मन्त्री देउवाले संविधान सभा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको मुख्य एजेन्डा रहेको बताएका छन् । प्रचण्डको योगदान शान्ति प्रक्रिया र संविधान निर्माणमा ठुलो रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *