व्यवस्था बदल्यौँ, अवस्था उस्तै रह्यो : सीपी मैनाली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनालीले व्यवस्था बदले पनि अवस्था अझै उस्तै रहेको बताएका छन् । काठमाडौँको कमलादीस्थिति प्रज्ञा प्रतिष्ठानको भवनमा भइरहेको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव गजुरेलले यस्तो बताएका हुन् ।

‘हामीले व्यवस्था पटक पटक बदल्यौँ, जनताका अवस्था उस्तै रह्यो । जनक्रान्ति सम्पादन कुन हो ? हामीले चिन्नुपर्दछ । नेपालको वस्तुस्थितिलाई हामीले कार्यान्वयन गर्न सकेका छौँ/छैनौँ भन्नेबारे हामीले सोच्नुपर्दछ‚’ उनले भने ।

‘ठूल्ठूला प्रश्नहरू देखेको छु, एउटा लक्ष्य प्राप्तिका लागि सुरु गरिएको कता गए‚ त्यो तत्कालिक लक्ष्य कता गयो ? किन त्यो लक्ष्य प्राप्त भएन‚’ उनले भने‚ ‘यी प्रश्नहरूबाट माओवादी भाग्न सक्छ र ? सक्दैन भने म किन माओवादीबाट आशा नगरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *