‘८३’ को दुई दिनको कलेक्सन ३१ करोड

काठमाडौँ । रणवीर सिंह र दीपिका पादुकोण अभिनित चलचित्र ‘८३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

चलचित्रले रिलिजको दोस्रो दिन शनिबार बक्स अफिसमा करिब १६ करोडको कलेक्सन गरेको छ । पहिलो दिन चलचित्रले करिब १५ करोड कमाएको थियो । यस हिसाबले चलचित्रले २ दिनमा करिब ३१ करोडको बक्स अफिस कलेक्सन गरेको छ ।

कबीर खानले निर्देशन गरेको ‘८३’ मा रणवीर-दीपिकाका अलावा पङ्कज त्रिपाठी पनि मुख्य भूमिकामा छन् । यो चलचित्र १९८३ मा भारतीय क्रिकेट टोलीको विश्वकप जितमा आधारित छ । चलचित्रमा दीपिका कपिल देवकी पत्नी रोमी भाटियाको भूमिकामा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *