राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि ५ जना सर्टलिस्टमा

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आह्वान गरिको विज्ञापनका आवेदन दिएका मध्ये ५ जना ‘सर्टलिस्ट’मा परेका छन् ।

बीमा कम्पनीमा सीईको पदपूर्ति गर्न पदपूर्ति समितिले १२ मंसिरमा सूचना जारी गरी सीईओ पदका लागि आवेदन माग गरेको थियो । उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए ।

उमेद्वारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनबाट प्राप्त गरेको कुल योगफलको आधारमा उच्च अंक प्राप्त गर्नेहरु मध्यबाटे ५ जनालाई सर्टलिस्ट गरिएको कम्पनीले जनाएको छ । व्यावसायिक कार्य योजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको लागि मिति, समय र स्थान पछि निर्धारण गरी जानकारी गराइने जनाएकाे छ ।

उक्त सर्टलिस्टमा पर्नेहरुमा पहिलो टोखा नगरपालिका– ११ काठमाडौँका तोयराज अधिकारी, दोस्रो काठमाडौँ महानगरपालिका– १६ पकनाजोलकाबुद्ध काजी श्रेष्ठ, तेस्रो टोखा नगरपालिका–७ काठमाडौँका रामबहादुर खड्का, चौथो चन्द्रागिरी नगरपालिका–१४ काठमाडौँका सुरेन्द्र थापा र पाँचौं नम्बरमा गौरीगंज गाउँपालिका–६ झापाका शेखर बराल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *