प्रज्ञा प्रतिष्ठानमा माओवादी महाधिवेशनको चहलपहल (तस्बिरहरू)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशन हुन लागेको हो ।

दिउँसो तीन बजे महाधिवेशन उद्घाटन समारोह हुने बताइएको छ । माओवादीले यसलाई पहिलो राष्ट्रिय सम्मेलनको रुपमा उद्घाटन गर्ने भनेपनि शनिबार अचानक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अहिले माओवादीका नेता तथा कार्यकर्ताहरूको भीड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *