‘हनी बनी’ निर्देशन गर्दै दिवाकर

काठमाडौँ । चलचित्र ‘हनी बनी’ बन्ने भएको छ । क्रिसमसको अवसर पारी एबी इन्टरनेसनलले निर्माण गर्ने चलचित्रको एक पोस्टर सार्वजनिक गरी चलचित्र निर्माणको जानकारी दिइएको हो ।

गौतम प्रोडक्सन र भ्वाइस फिल्मस्‌काे सहकार्य रहने चलचित्र चैत अन्त तिरबाट छायांकनमा जाने छ । दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रका कलाकार पक्का भइसकेका छैनन् । चलचित्रका निर्माता अजित कुमार थापा रहेका छन् ।

अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहने चलचित्रको कार्यकारी निर्मातामा अङ्कित गौतम रहने छन् । प्रेम कथामा निर्माण हुने चलचित्रका कलाकार अडिसनमार्फत छानिने चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *