१६७ संक्रमित थपिए, २२६ कोरोनामुक्त

काठमाडौँ । नेपालमा शनिबार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार २ सय ८३ पिसिआर परिक्षणका क्रममा १५७ जना र २ हजार १ सय ६४ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २२६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ४ सय ९७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *