प्रधानमन्त्रीकप महिला क्रिकेट : सुदुरपश्चिमलाई पराजित गर्दै प्रदेश एक फाइनलमा

प्रदेश एक प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। शनिबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश एकले फाइनलमा स्थान बनाएको हो।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनाएको थियो। उक्त लक्ष्य प्रदेश एकले १ विकेट गुमाएर पुरा गरेको थियो।

प्रदेश एकले १६.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। प्रदेश एकको जितमा काजल श्रेष्ठले २८ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले २९ तथा अप्सरी बेगमले आठ रन बनाइन्।

त्यसअघि पहिलो ब्याटिङ गरेको सुदुर पश्चिले खराव प्रदर्शन गर्दै १४ रनको अवस्थामानै ४ विकेट गुमाएको थियो। तर कप्तान रितु कनोजिया र सम्झना खड्काले केहि समय सुदुरपश्चिमको इनिङ समालेका थिए। रितु २५ रनमा आउट हुँदा खड्का २७ रन बनाएर पेभिलियन फर्किनइन थप दोहोरो रनको स्कोरका रुपमा डली भट्टको १२ रन रह्यो। यि बाहेक उसका कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्। प्रदेश एकका लागि ज्योती दनवार, अलिशा खडिया, रुविना क्षेत्री र संगिता राईले समान एक-एक विकेट लिए। अब प्रदेश एकले उपाधिका लागि एपीएफ र लुम्बिनी प्रदेशबिचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *