बागमतीमा थपिँदै मन्त्री, आजै शपथ ग्रहण

काठमाडाैँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् थप विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । उनले यसअघि नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका सांसदहरूलाई मन्त्री बनाएका थिए ।

पाण्डेले चौथो पटकमा नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका तीनजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई मन्त्रिपरिषद्‌मा समावेश गर्न लागेका हुन् । नेपाली कांग्रेस संसदीय दलको हेटौंडामा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, रजनी अमात्य जोन्छेलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

यससँगै बागमती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् । मुख्यमन्त्री पाण्डेले ८ मन्त्रालयबाट १४ मन्त्रालय पुर्‍याएका छन् । केन्द्रीय गठबन्धनअनुसार बनेकाे प्रादेशिक सरकारमा भागबन्डा मिलाउन मन्त्रालयकाे संख्या बढाइएकाे हाे ।

काे काे बन्दैछन् मन्त्री र राज्यमन्त्री ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *