चैत ११बाट ‘हेल्लो जिन्दगी’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘हेल्लो जिन्दगी’ को पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको छ । एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र चैत्र ११ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा विक्रम डी.जोशी, प्रियङ्का कार्की, दीपिका प्रसाईँ, एभरेस्ट सूर्य बोहरा, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार वैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।

बेलायत र नेपालमा छायांकन गरिएको चलचित्र हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेका हुन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक बोहरा र विक्रम डी जोशीको हो भने पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको चलचित्रमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *