विवाद बढ्दै जाँदा क्रिकेट संघको साधारण सभा स्थगित

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा स्थगित भएको छ । यही पुस १४ र १५ गते धनगढीमा गर्ने भनिएको साधारण सभा क्यानभित्रको विवाद बढेपछि स्थगित गरिएको हो ।

तर क्यानले भने क्यान मातहतका ३९ जिल्लाहरू मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात् मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा अहिलेलाई साधारण सभा स्थगित गरिएको जनाएको छ ।

क्यानले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी क्यानको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई साधारण सभा स्थगित गरिएको जनाएको छ । अध्यक्ष चतुरबहादुर चन्द पक्षले एकतर्फी रूपमा साधारण गर्न लागेको भन्दै क्यानका छ जना बोर्ड सदस्यले लिखित उजुरी दिएका थिए ।

उनीहरूले केही दिन अघि पत्रकार सम्मेलन समेत गरेर साधारण सभा नगर्न आग्रह गरेका थिए । साधारण सभा, खेलाडीको कारबाहीलगायत विषयमा क्यानभित्र विवाद बढेको छ । यस्तोमा एकतर्फी रूपमा साधारण सभा गर्दा विवाद झन् बढ्ने  देखिएकोले तत्काललाई स्थगित गर्ने निर्णय गरिएको क्यान स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *