संसदीय समितिले सरकारलाई भन्यो- नागरिकता विधेयक अघि बढाऊ
२०७८ पुस ८ गते

काठमाडौँ । संसद्को कानुन‚ न्याय तथा मानवअधिकार समितिले संसद्मा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
समितिले बिहीबार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, गृह सचिव टेकनारायण पाण्डेलगायतसँग छलफल गरी राज्य व्यवस्था तथा सुशासन समितिबाट संसद्मा पेश भएको विधेयकको प्रतिवेदन अघि बढाउन आग्रह गरेको हो ।
छलफलमा अहिले मतदाता नामावली संकलनको काम चलिरहेको, नागरिकताका कारण कतिपयले मतदाता नामावलीमा नाम लेखाउन नपाएको लगायत समस्या रहेकाले विधेयक अघि बढाउन संसद्लाई आग्रह गर्ने निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।
२०७८ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








