चलचित्र ‘कठपुतली’ को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कठपुतली’ को गीत ‘यो ज्यान कठपुतली’ सार्वजनिक गरिएको छ । लोक शैलीमा तयार गरिएको गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ ।

गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको चलचित्र हरर जनरामा निर्माण भएको हो । भीमसेन लामाको निर्देशन रहेको चलचित्रका निर्माता  पृथ्वी राना मगर हुन् । चलचित्रको सम्पदा मल्लले कथा लेखेकी हुन् ।

अस्ट्रेलियन छायाँकार जोएल फ्रूमले खिचेको चलचित्र यही पुस १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *