छालाको सौन्दर्य बढाउने घरेलु उपचार

जाडो याममा छालाको विशेष ख्याल राख्नुपर्छ । किनभने यति बेला बाह्य वातावरण सुख्खा हुन्छ । त्यसैको प्रभावले छाला रुखो हुन्छ, फुट्छ । छालाको चमक हराउँछ । जाडो मौसममा छालाको सौन्दर्य कायम राख्नु चुनौती पनि हो ।

यति बेला चल्ने चिसो तथा सुख्खा हावाको प्रभाव छालामा पर्छ । यसले छालाको मुलायमपन र चम्किलोपन नष्ट गर्छ । त्यसैले जाडो मौसममा छालालाई जोगाउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

  • नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाइ छालामा लगाउने र १०-१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलो चमक आउँछ ।
  • बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएर आउँछ ।
  • वेसन र दहीमा कागतीको रस निचोरेर पटक पटक अनुहारमा लेप लगाउने र केही बेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ र सुन्दर देखिन्छ ।

साभार: ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *