ताप्लेजुङ समाज नेपालले १० गते काठमाडौँमा चासोक तङ्नाम मनाउने

काठमाडौँ । ताप्लेजुङ समाज नेपालले काठमाडौँमा बसोबास गरिरहेका जिल्लाबासीलाई लक्षित गर्दै पुष १० गते धुम्बाराहीको एसआर पार्टी प्यालेसमा चासोक तङ्नाम (उधौलाी पर्व) मनाउने भएको छ ।

पाथिभरा देवी दर्शन केवलकार मुख्य प्रायोजक र गोर्खा ब्रुअरी सहप्रायोजक रहेको चासोक तङ्नाम विशेष गरिएको पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष बरालले भने‚ ‘यो संस्थाले ताप्लेजुङको विभिन्न जातजाति, धर्म र संस्कृतिलाई संरक्षण र सहयोग गर्दै आइरहेको र यसपटक किराँत लिम्बु जातिको चासोक तङ्नामलाई मनाउन पाउँदा खुसी लागेका छ ।’

साथै कार्यक्रममा लिम्बु जातिको परम्परागत सांस्कृतिक झाँकी, धान नाच, बिजुवा नाच, च्याब्रुङ नाच, याक नाच, स्याब्रो नाच, तामाङ नाच, साकेला नृत्य र वालन संगिनी लगायत धार्मिक तथा सांस्कृतिक नाचहरूको अवलोकन गर्न सकिने बरालले बताए ।

उक्त दिन लिम्बु जातिसँग सम्बन्धित परम्परागत विभिन्न खाद्य परिकार साथै लिम्बु जातिको मौलिक वेषभूषाको पनि स्टल रहने आयोजकले बताएको छ । यो कार्यक्रमको मुख्य उद्देश्य जिल्लाबासीलाई एकजुट बनाउने, परम्परागत संस्कृति र रीतिरिवाजबारे नयाँ पुस्तालाई जानकारी गराउने र आफ्नो मौलिकतालाई रक्षा गर्ने रहेको आयोजकको भनाइ छ ।

त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य पासाङ शेर्पाले चासोक तङ्नामलाई राष्ट्रिय चाडको रुपमा स्थापित गराउन प्रेरित गर्ने र नयाँ पुस्तालाई लिम्बु संस्कृतिबारे जानकारी गराउन पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) रहने पनि जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =