कुटपिटबाट दुई जनाको मृत्यु
२०७८ पुस ७ गते

सांकेतिक तस्बिर
संखुवासभा । सङ्खुवासभामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मंगलबार सङ्खुवासभा पाँचखपन नगरपालिका-३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।
प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राई पक्राउ गरिएको छ । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, यस्तै मङ्गलबार खाँदबारी नगरपालिका-११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ। रासस
२०७८ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








