प्रदेश एक समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । प्रधान मन्त्री कप महिला क्रिकेटमा प्रदेश एक समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा लुम्बिनीलाई ६७ रनले हराउँदै प्रदेश एक फाइनलमा पुगेको हो ।

प्रधान मन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा उसले सहज रुपमा जित आत्मसात् गर्‍यो । धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा तीन विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । सामान्य सुरूवात गरेको प्रदेश एकका लागि कप्तान रुविना क्षेत्री १५ रन बनाएर आउट भइन् ।
यद्यपि काजल श्रेष्ठ र अप्सरी बेगमले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । काजलले ४० रनको योगदान दिँदा अप्सरीले अविजित ४४ रन बनाइन् ।

जवाफमा लुम्बिनी २० ओभरमा ९ विकेट गुमाएर ४७ रनमा समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । सरस्वती पुन र नितु भण्डारीले बनाएको ९-९ रन सर्वाधिक रह्यो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । हारका बाबजुत लुम्बिनी समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *