२९० संक्रमित थपिँदा २३२ जना कोरोनामुक्त

काठमाडौँ । नेपालमा मंगलबार २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ४ सय ७३ पीसीआर परीक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोरोना कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइसोलेसन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *