खेलाडी विवादबारे सिप्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल क्रिकेट संघ र राष्ट्रिय क्रिकेट टिमका खेलाडीबीचको विवादलाई लिएर क्रिकेट खेलाडी संघ (सीप्यान) ले ध्यानाकर्षण भएको जनाएको छ । उसले खेलाडीले जायज माग राख्दा सम्बोधन गर्नुको साटो कारबाही गर्दा क्रिकेट विकासमा अवरोध पुग्ने बताएको छ ।

गतबुधबार नेपाल क्रिकेट संघ क्यानको भर्चुअलरुपमा बसेको बोर्ड बैठकले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । क्यानले कप्तान मल्ल र उपकप्तान ऐरीको पद खोस्दै यीसहित अरु दुई क्रिकेटरलाई सन् २०२२ को शुरुवाती ६ महिना ‘सेन्ट्रल कन्ट्रयाक’ नगर्ने निर्णय गरेको थियो ।

त्यसयता विवाद जारी छ । सिप्यानले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष डा.मनिषराज पाण्डे र महासचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा क्यान र खेलाडीहरूको बीचमा रहेका मतभेदलाई समाधान गरी खेलाडीहरूको मनोबल उच्च बनाउन पनि भनिएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *